अपोल्लोस कोरिन्थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्यहाँ तिनले कुनै-कुनै चेलाहरूलाई भेट्टाए। तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्वास गर्यौ के तिमीहरूले पवित्र आत्मा पायौ?” उनीहरूले तिनलाई भने, “पवित्र आत्मा हुनुहुन्छ भन्ने त हामीले सुनेका पनि छैनौं।” अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्तो बप्तिस्मा लियौ?” उनीहरूले भने, “यूहन्नाको बप्तिस्मा।” तब पावलले भने, “यूहन्नाले दिएको बप्तिस्माचाहिँ पश्चात्तापको बप्तिस्मा थियो। उनीपछि आउनुहुने व्यक्ति, अर्थात् येशूमाथि विश्वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।” यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। जब पावलले उनीहरूमाथि हात राखे, तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो, र उनीहरू अन्य भाषामा बोले र अगमवाणी गरे। उनीहरू प्राय: बाह्र जना जति थिए। पावल सभाघरमा पसिकन तीन महिनासम्म परमेश्वरका राज्यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे। तर जब कुनै-कुनैले हठी भएर विश्वास गरेनन्, र यस समुदायको विरुद्धमा झुण्डको सामुन्ने बोल्न लागे, तब पावल तिनीहरूबाट अलग्ग भए, र चेलाहरूलाई साथमा लगी टुरान्नसको विद्यालयमा बहस गर्न लागे। यो काम दुई वर्षसम्म चलिरह्यो, र एशियाका सबै बासिन्दाहरू, यहूदी र ग्रीक दुवैले प्रभुको वचन सुने।
प्रेरित 19 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 19:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू