प्रेरित 15:13-19

प्रेरित 15:13-19 NCV

तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्‍नुहोस्। सबैभन्दा पहिले परमेश्‍वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो भन्‍ने कुराको वर्णन सिमोनले हामीलाई गरेका छन्। अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्छ; किनकि यस्तो लेखिएको छ: “ ‘यसपछि म फर्कनेछु, र दावीदको भत्केको पाललाई फेरि निर्माण गर्नेछु। यसको भग्नावशेषलाई म फेरि निर्माण गर्नेछु, र यसलाई फेरि स्थापित गर्नेछु। बाँकी मानिसहरूले र मेरो नाम लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्‍नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’ जुन सृष्‍टिको अनन्तकालदेखि जानिएको छ। “त्यसकारण मेरो विचार यही हो: परमेश्‍वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।

प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:13-19 को लागि भिडियो