YouVersion लोगो
खोज आइकन

प्रेरित 15:13-19

प्रेरित 15:13-19 पवित्र बाइबल (NERV)

तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यू-भाइहरू, ध्यान लगाएर मेरो कुरा सुन। शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो। अगमवक्ताहरूको वचनहरू यो सँग सहमत छः ‘त्यसपछि म फर्की आउँने छु। म दाऊदको घर फेरि बनाउने छु, जुन ढलेको छ। उसको घरको भागहरू फेरि बनाईदिने छु। जुन ध्वंश भएको छ, अनि म उसको घर नयाँ बनाउनेछु। ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर- यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्। प्रभुले त्यसै भन्नु भयो। अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ।’ ‘ती चीजहरू प्रारम्भिक कालदेखि नै जानिएको हो।’ “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्।

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:13-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उनीहरूले बोलिसकेपछि याकूबले उठेर भने, “दाजुभाइहरू हो, मेरो कुरा सुन्‍नुहोस् है! परमेश्‍वर आफैंले दया गरेर अरू जातिका मानिसहरूका हृदयमा काम गरी तिनीहरूलाई आफ्‍ना जन बनाउनुभयो। यो त सिमोन पत्रुसले तपाईंहरूलाई भर्खरै बताउनुभयो। अगमवक्ताहरूले धर्मशास्‍त्रमा पनि यस्‍तै लेखेका छन्– ‘त्‍यसपछि म फर्कनेछु र दाऊदको ढलेको घरानालाई फेरि उठाउनेछु र भत्‍केको फेरि बनाउनेछु म त्‍यसलाई फेरि शक्तिशाली बनाउनेछु। मैले आफ्‍नै बनाउन बोलाएको अरू जातिका मानिसहरू मकहाँ आउनेछन्’। भनेर प्रभु परमेश्‍वरले भन्‍नुहुन्‍छ, जसले धेरैअघि नै यी कुरा जनाउनुभएको थियो। “त्‍यसो हुँदा परमेश्‍वरमा आएका अरू जातिका मानिसहरूलाई हामी दु:ख नदिऔं भन्‍ने मेरो विचार छ। तैपनि अब हामी उनीहरूलाई एउटा पत्र लेखौं

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:13-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरू बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्‍नुहोस्, परमेश्‍वरले आफ्‍नै नाउँको निम्‍ति अन्‍यजातिहरूबाट एउटा जाति छान्‍ने कृपा गर्नुभयो भन्‍ने कुरो सिमोनले बताएका छन्‌। यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्‍छन्, जस्‍तो लेखिएको छ, ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको भत्‍केको वासस्‍थान फेरि बनाउनेछु, त्‍यसको भग्‍नावशेष म फेरि बनाइदिनेछु, र त्‍यसलाई खड़ा गर्नेछु, र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्‍न सकून्, र सबै अन्‍यजातिहरूले पनि, जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्, यो कुरा परमप्रभु भन्‍नुहुन्‍छ, जसले प्राचीन कालदेखि यी कुराहरू जनाउनुभएको छ, जो सृष्‍टिको आरम्‍भदेखि जानिएका छन्‌।’ “यसकारण मेरो फैसला यो छ, कि परमेश्‍वरतर्फ फर्कने अन्‍यजातिहरूलाई हामी दुःख नदिऔं

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:13-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्‍नुहोस्। सबैभन्दा पहिले परमेश्‍वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो भन्‍ने कुराको वर्णन सिमोनले हामीलाई गरेका छन्। अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्छ; किनकि यस्तो लेखिएको छ: “ ‘यसपछि म फर्कनेछु, र दावीदको भत्केको पाललाई फेरि निर्माण गर्नेछु। यसको भग्नावशेषलाई म फेरि निर्माण गर्नेछु, र यसलाई फेरि स्थापित गर्नेछु। बाँकी मानिसहरूले र मेरो नाम लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्‍नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’ जुन सृष्‍टिको अनन्तकालदेखि जानिएको छ। “त्यसकारण मेरो विचार यही हो: परमेश्‍वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।