उनीहरूले बोलिसकेपछि याकूबले उठेर भने, “दाजुभाइहरू हो, मेरो कुरा सुन्नुहोस् है! परमेश्वर आफैंले दया गरेर अरू जातिका मानिसहरूका हृदयमा काम गरी तिनीहरूलाई आफ्ना जन बनाउनुभयो। यो त सिमोन पत्रुसले तपाईंहरूलाई भर्खरै बताउनुभयो। अगमवक्ताहरूले धर्मशास्त्रमा पनि यस्तै लेखेका छन्– ‘त्यसपछि म फर्कनेछु र दाऊदको ढलेको घरानालाई फेरि उठाउनेछु र भत्केको फेरि बनाउनेछु म त्यसलाई फेरि शक्तिशाली बनाउनेछु। मैले आफ्नै बनाउन बोलाएको अरू जातिका मानिसहरू मकहाँ आउनेछन्’। भनेर प्रभु परमेश्वरले भन्नुहुन्छ, जसले धेरैअघि नै यी कुरा जनाउनुभएको थियो। “त्यसो हुँदा परमेश्वरमा आएका अरू जातिका मानिसहरूलाई हामी दु:ख नदिऔं भन्ने मेरो विचार छ। तैपनि अब हामी उनीहरूलाई एउटा पत्र लेखौं
प्रेरित 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 15:13-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू