प्रेरित 14:21-25

प्रेरित 14:21-25 NCV

त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के। ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्‍वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्‍वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।” पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए। त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए। अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए।

प्रेरित 14 पढ्नुहोस्

प्रेरित 14:21-25 को लागि भिडियो