प्रभुको वचन सुन्न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो। जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे। त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्वरको वचन भन्नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ। किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ ” यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्वास गरे। प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो। तर यहूदीहरूले प्रभुको भय मान्ने माथिल्ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए। तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए। अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए।
प्रेरित 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 13:44-52
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू