पावल र बारनाबासले सभाघर छोडेपछि मानिसहरूले तिनीहरूलाई अर्को शब्बाथ, अरू कुरा गर्नका निम्ति बोलाए। सभा समाप्त गरेपछि धेरै यहूदी तथा यहूदी धर्म मान्ने भक्तहरूले पावल र बारनाबासलाई पछ्याए, जसले परमेश्वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे। प्रभुको वचन सुन्न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो। जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे। त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्वरको वचन भन्नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ। किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्याउन सक।’ ” यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्वास गरे। प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो। तर यहूदीहरूले प्रभुको भय मान्ने माथिल्ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए। तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए। अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए।
प्रेरित 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 13:42-52
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू