YouVersion लोगो
खोज आइकन

प्रेरित 12:19-25

प्रेरित 12:19-25 NCV

हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए। तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए। त्यसपछि हेरोद यहूदियाबाट कैसरिया गएर केही समय त्यहीँ बसे। उनले टायर र सीदोनका मानिसहरूसित कलह मच्‍चाइराखेका थिए। ती दुई समूह एउटै भएर उनलाई भेट्न खोजिरहेका थिए। राजाको विश्‍वासी सेवक बलस्तसको मदतमा तिनीहरू मिलाप गर्न चाहन्थे। किनकि तिनीहरू भोजन आपूर्तिको निम्ति राजाको देशमा निर्भर थिए। तब तोकिएको दिनमा राजकीय पोशाकमा हेरोद सिंहासनमा बसे र मानिसहरूलाई सम्बोधन गरे। “यो त मानिसको नभएर ईश्‍वरको वाणी हो,” भन्दै मानिसहरू चिच्याए। हेरोदले परमेश्‍वरलाई महिमा नदिएकोले तुरुन्तै प्रभुको एउटा दूतले उनलाई प्रहार गरे। अनि तिनी बिरामी भए, र किरा परेर मरे। तर परमेश्‍वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो। बारनाबास र शाऊलले आफ्नो काम समाप्‍त गरेपछि तिनीहरू यरूशलेमबाट फर्के, र तिनीहरूले साथमा मर्कूस भनिने यूहन्‍नालाई लिएर गए।

प्रेरित 12 पढ्नुहोस्

प्रेरित 12:19-25 को लागि भिडियो