YouVersion लोगो
खोज आइकन

प्रेरित 12:19-25

प्रेरित 12:19-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा, सिपाहीहरूको जाँच गरी तिनीहरूलाई ज्‍यानसजायको हुकुम गरे। हेरोदचाहिँ यहूदियाबाट कैसरिया गएर त्‍यहीँ नै बसे। हेरोद टुरोस र सीदोनका मानिसहरूसँग अत्‍यन्‍तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीकहाँ आए, र राजाका भित्री कर्मचारी बलस्‍तससँग खुशामद गरेर मिलापको लागि बिन्‍ती गरे। किनकि तिनीहरूको देश अन्‍नको निम्‍ति राजाको देशमा निर्भर थियो। तोकिएको दिनमा राजकीय पोशाक पहिरेर हेरोद उनको सिंहासनमा बसे, र तिनीहरूलाई उनले भाषण दिए। मानिसहरू “यो त ईश्‍वरको बोली हो, मानिसको होइन!” भनेर कराए। तर परमेश्‍वरलाई महिमा नदिएकोमा त्‍यत्तिखेरै प्रभुका एउटा स्‍वर्गदूतले उनलाई प्रहार गरे, र स्‍याउँ-स्‍याउँ कीरा परेर उनको देहान्‍त भयो। तर प्रभुको वचन बढ्‌दै र फैलिँदैगयो। बारनाबास र शाऊल आफ्‍ना मिशन पूरा गरेर यरूशलेमबाट फर्के। तिनीहरूसँग मर्कूस भनिने यूहन्‍ना पनि गए।

शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्

प्रेरित 12:19-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए। तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए। त्यसपछि हेरोद यहूदियाबाट कैसरिया गएर केही समय त्यहीँ बसे। उनले टायर र सीदोनका मानिसहरूसित कलह मच्‍चाइराखेका थिए। ती दुई समूह एउटै भएर उनलाई भेट्न खोजिरहेका थिए। राजाको विश्‍वासी सेवक बलस्तसको मदतमा तिनीहरू मिलाप गर्न चाहन्थे। किनकि तिनीहरू भोजन आपूर्तिको निम्ति राजाको देशमा निर्भर थिए। तब तोकिएको दिनमा राजकीय पोशाकमा हेरोद सिंहासनमा बसे र मानिसहरूलाई सम्बोधन गरे। “यो त मानिसको नभएर ईश्‍वरको वाणी हो,” भन्दै मानिसहरू चिच्याए। हेरोदले परमेश्‍वरलाई महिमा नदिएकोले तुरुन्तै प्रभुको एउटा दूतले उनलाई प्रहार गरे। अनि तिनी बिरामी भए, र किरा परेर मरे। तर परमेश्‍वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो। बारनाबास र शाऊलले आफ्नो काम समाप्‍त गरेपछि तिनीहरू यरूशलेमबाट फर्के, र तिनीहरूले साथमा मर्कूस भनिने यूहन्‍नालाई लिएर गए।

शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्

प्रेरित 12:19-25 पवित्र बाइबल (NERV)

राजा हेरोदले पत्रुसलाई चारैतिर खोज तलाश गरे तर पाउन सकेनन्। तब हेरोदले सिपाहीहरूलाई सोधखोज गर्न थाले। पत्ता नलाग्दा सिपाहीहरूलाई नै मार्ने हुकुम दिए। पछि हेरोद यहूदियाबाट सिजरिया शहरमा केही समयको लागि त्यही बसे। हेरोद टायर र सायडनवासीहरूसँग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए। हेरोदले तिनीहरूसँग एकदिन भेट गर्ने निश्चय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे। मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!” हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र-भित्रै कीराले खायो अनि मरे। परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए। बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।

शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्

प्रेरित 12:19-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हेरोदले तिनलाई खोज्‍ने हुकुम दिए, तर तिनीहरूले पत्रुसलाई कहीँ पनि फेला पार्न सकेनन्। त्‍यसो हुँदा हेरोदले पहरा बस्‍ने सिपाहीहरूलाई पूरै केरकार गरे र जवाफ नपाउँदा तिनीहरूलाई मृत्‍युदण्‍ड दिए। त्‍यसपछि हेरोद यरूशलेम छोडेर कैसरिया सहरमा गए अनि त्‍यहीँ नै बसे। हेरोद राजा टुरोस र सीदोन सहरका मानिसहरूसँग साह्रै रिसाएका थिए। अब ती दुई सहरका मानिसहरूले खानेकुरा हेरोदको क्षेत्रबाट नै झिकाउनुपर्थ्‍यो। त्‍यसले गर्दा ती दुई सहरका नेताहरू मिलेर राजासँग मिलाप गर्न चाहे। तिनीहरूले राजाकै मान्‍छे बलस्‍तसलाई हातमा लिएर राजासँग दर्शनभेट मागे। तोकिएको दिनमा हेरोदले राजाको पोशाक लगाई मानिसहरूका अघि सिंहासनमा बसेर ती नेताहरूको अगाडि भाषण दिए। मानिसहरूले कराउँदै “यो त मानिसको बोली होइन, तर परमेश्‍वरको बोली हो,” भनेर राजाको प्रशंसा गर्न लागे। यसरी हेरोदले परमेश्‍वरलाई आदर नदिएकोमा एक्‍कासि प्रभुका एउटा स्‍वर्गदूतले तिनलाई प्रहार गरे र तिनी किरा परेर मरे। तर परमेश्‍वरले पठाउनुभएको परमेश्‍वरको वचनचाहिँ फैलिंदै र बढ्दै गयो। बारनाबास र शाऊलले आर्थिक सहायता पुर्‍याउने काम पूरा गरेपछि तिनीहरू मर्कूस भनिने यूहन्‍नालाई लिएर यरूशलेमबाट एन्‍टिओखिया सहरमा फर्केर आए।

शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्