YouVersion लोगो
खोज आइकन

प्रेरित 12:1-11

प्रेरित 12:1-11 NCV

त्यो समयमा राजा हेरोदले मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे। उनले यूहन्‍नाका भाइ याकोबलाई तरवारले मारेका थिए। यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो। उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले। अनि चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे। यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्‍वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो। हेरोदले उनको न्याय गर्ने अगिल्‍लो रातमा, पत्रुस दुई वटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए। अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे। अनि त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए। त्यसपछि ती स्वर्गदूतले उनलाई भने, “तिम्रो जुत्ता र लुगाहरू लगाऊ!” पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” दूतले उनलाई भने। पत्रुसले झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए। ती स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्‍ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने। तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर सहरतिर जाने फलामे मूलढोकामा आइपुगे। तिनीहरूका निम्ति यो मूलढोका आफैँ खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए। त्यसपछि पत्रुस होशमा आए, तब तिनले भने, “अब मलाई पक्‍का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।”

प्रेरित 12 पढ्नुहोस्

प्रेरित 12:1-11 को लागि भिडियो