YouVersion लोगो
खोज आइकन

प्रेरित 12:1-11

प्रेरित 12:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ती दिनमा हेरोद राजाले मण्‍डलीका कति जनामाथि कठोर अत्‍याचार गर्न थाले। उनले यूहन्‍नाका दाजु याकूबलाई तरवारले मारे। यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो। हेरोदले पत्रुसलाई गिरफ्‍तार गरेर झ्‍यालखानमा हालिदिए, र निस्‍तारचाड़पछि तिनलाई जनताका सामने ल्‍याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्‍मा लाइदिए। यसरी पत्रुस झ्‍यालखानमा राखिए, तर तिनको निम्‍ति मण्‍डलीले परमेश्‍वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो। हेरोदले तिनलाई बाहिर निकालिल्‍याउन खोजेकै रात, पत्रुस दुई वटा साङ्‌लाले बाँधिएर दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अगिल्‍तिर उभिएर झ्‍यालखानको पहरा दिइरहेका थिए। अचानक प्रभुका एउटा स्‍वर्गदूत त्‍यहाँ देखा परे, र कोठरीमा ज्‍योति चम्‍क्‍यो। स्‍वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्‌लाहरू तिनका हातबाट फुस्‍केर खसे। स्‍वर्गदूतले तिनलाई भने, “लुगा लगाऊ, र जुत्ता लाऊ।” तब तिनले त्‍यसै गरे। उनले तिनलाई भने, “खास्‍टो ओढ़ेर मेरो पछिपछि लाग।” अनि तिनी निस्‍केर उनको पछिपछि लागे। स्‍वर्गदूतबाट गरिएको कुरो साँच्‍चीकै हो भन्‍ने तिनलाई थाहै भएन। तर दर्शन देख्‍दैछु भनी तिनले ठाने। जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्‍ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्‍यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्‍केर एउटा गल्‍लीको बाटो भएर गए, र तुरुन्‍तै स्‍वर्गदूत तिनलाई छोड़ेर गए। जब पत्रुसको होश खुल्‍यो तब तिनले भने, “अब मलाई साँच्‍ची नै थाहा भयो, कि प्रभुले आफ्‍ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्‍थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।”

शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्

प्रेरित 12:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यो समयमा राजा हेरोदले मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे। उनले यूहन्‍नाका भाइ याकोबलाई तरवारले मारेका थिए। यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो। उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले। अनि चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे। यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्‍वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो। हेरोदले उनको न्याय गर्ने अगिल्‍लो रातमा, पत्रुस दुई वटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए। अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे। अनि त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए। त्यसपछि ती स्वर्गदूतले उनलाई भने, “तिम्रो जुत्ता र लुगाहरू लगाऊ!” पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” दूतले उनलाई भने। पत्रुसले झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए। ती स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्‍ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने। तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर सहरतिर जाने फलामे मूलढोकामा आइपुगे। तिनीहरूका निम्ति यो मूलढोका आफैँ खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए। त्यसपछि पत्रुस होशमा आए, तब तिनले भने, “अब मलाई पक्‍का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।”

शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्

प्रेरित 12:1-11 पवित्र बाइबल (NERV)

त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले। हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए। हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घट्ना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो। हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोह्र-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे। यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेश्वरलाई लगातर प्रार्थना गरिरहे। पत्रुस दुइजना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई दुइटा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको ढोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रुसलाई भोलिपल्ट जनतासमक्ष ल्याउन सोंचिरहेथ्यो। अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभरि प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्यूँझाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाहरू पत्रुसका हातहरूबाट सुल्किए। स्वर्गदूतले पत्रुसलाई भने, “तयार हौ, तिम्रा जुत्ताहरू लगाऊ।” पत्रुसले त्यसै गरे। दूतले भन्यो, “तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग।” तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे। पत्रुसले जानेनन् कि स्वर्गदूले जे गरिरहेका थिए त्यो साँच्चो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्। पत्रुस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भए तिर पुगे जसले तिनीहरूलाई शहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफैं खुलियो। त्यस द्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए। तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैंलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घट्ना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”

शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्

प्रेरित 12:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती दिनहरूमा हेरोद राजाले मण्‍डलीका केही दाजुभाइहरूलाई पक्रेर उनीहरूमाथि अत्‍याचार गर्न थाले। तिनले यूहन्‍नाका दाजु याकूबलाई तरवारले मार्न लगाए। यस कामले यहूदीहरू खुसी भएको देखेर तिनले अझ झन् सुरिएर पत्रुसलाई पनि पक्रे। त्‍यस बेला अखमिरी रोटी खाने मुक्ति-दिवस भन्‍ने चाडको समय थियो। हेरोदले पत्रुसलाई झ्‍यालखानभित्र राखे र सोह्र जना सिपाहीलाई चार-चार जनाको टोली बनाई पहरा दिएर राखे। निस्तार चाडपछि पत्रुसलाई यहूदीहरूको अगाडि ल्‍याउने हेरोदको विचार थियो। पत्रुस झ्‍यालखानभित्र कैद हुँदा मण्‍डलीले एउटै मनका भएर तिनको लागि परमेश्‍वरसँग लगातार प्रार्थना गरिरहेका थिए। हेरोदले पत्रुसलाई मानिसको अगाडि ल्‍याउने दिनको अघिल्‍लो रात पत्रुस दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। उनलाई दुई वटा साङ्लाले बाँधिएको थियो र ढोकामा पालेहरू पहरा दिइरहेका थिए। तब अचानक प्रभुका एउटा स्‍वर्गदूत देखा परे र कोठा उज्‍यालो भयो। स्‍वर्गदूतले पत्रुसको कुममा घचघच्याउँदै “चाँडै उठ,” भनेर उठाए। त्‍यत्तिकैमा पत्रुसका हातमा बाँधेका साङ्लाहरू फुस्‍केर झरे। स्‍वर्गदूतले भने, “पटुका बाँधेर जुत्ता लगाऊ!” पत्रुसले लगाए र स्‍वर्गदूतले भने, “खास्‍टो ओढेर मेरो पछि लाग!” स्‍वर्गदूतको पछि-पछि लागेर पत्रुस झ्‍यालखानबाट निस्‍किआए। तर स्‍वर्गदूतले गरेका यी कुरा साँच्‍चै हो भनेर उनलाई थाहा थिएन। उनले त सपनामा दर्शन देख्‍दै छु भन्‍ठानेका थिए। स्‍वर्गदूत र पत्रुस पहिलो र दोस्रो पहरा भएर सहरको फलामे मूल-ढोकामा आइपुगे। त्‍यो ढोका आफैं खुल्‍यो र तिनीहरू बाहिर निस्‍के। एक गल्‍ली पार गरेपछि स्‍वर्गदूत पत्रुसलाई छोडेर गइहाले। त्‍यति बेला पो आफूमा घटेको कुरा पत्रुसलाई स्‍पष्‍टसँग थाहा भयो– “परमेश्‍वरले साँच्‍चै आफ्‍नो स्‍वर्गदूत पठाउनुभएको रहेछ। उहाँले मलाई हेरोदको हात र यहूदीहरूले गर्न खोजेको कामबाट छुटाउनुभएको रहेछ।”

शेयर गर्नुहोस्
प्रेरित 12 पढ्नुहोस्