YouVersion लोगो
खोज आइकन

प्रेरित 10:1-8

प्रेरित 10:1-8 NCV

कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति थिए। तिनी परमेश्‍वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्‍वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे। एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्‍वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए। भयभीत हुँदै कर्नेलियसले स्वर्गदूतलाई एक टकले हेरे, र तिनले सोधे, “प्रभु, यो के हो?” स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ। अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।” जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्‍वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो। आफूसँग घटेका सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा सहर पठाए।

प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:1-8 को लागि भिडियो