कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्ने पल्टनका एक कप्तान थिए। तिनी ईश्वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे। तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्ट रूपले परमेश्वरका एउटा स्वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!” भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्नुहोस्।” अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन्। अब मानिसहरूलाई योप्पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।” जब तिनीसँग बोल्ने स्वर्गदूत बिदा भए, तब तिनले आफ्ना नोकरहरूमध्ये दुई जना र निरन्तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए, र तिनीहरूलाई सबै कुरा बताएर योप्पामा पठाए।
प्रेरित 10 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 10:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू