तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्। मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, शेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्ने, बैगुनी, अपवित्र, प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने, विश्वासघाती, लापरवाही, अहङ्कारले फुलिएका, परमेश्वरलाई भन्दा सुख-विलासलाई रुचाउने, भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्क पसेर, पापहरूले थिचिएका र सबै किसिमका दुष्ट इच्छाहरूले शासन गरेका, नैतिकरूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्। यस्ता स्त्रीहरू सधैं सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्। जसरी यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्ट भएको हुन्छ, र विश्वासमा साँचो हुँदैनन्। तर यान्नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैं, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।