आखिरी दिनहरूमा दु:खका समयहरू आउनेछन् भनेर तिमीलाई थाहा हुनुपर्दछ। त्यस बेलाका मानिसहरू आफैंलाई मात्र माया गर्ने, पैसाको लोभ गर्ने र आफूलाई ठूलो सम्झने, अभिमानी र निन्दा गर्ने हुनेछन्। तिनीहरू आफ्ना आमा-बुबालाई नटेर्ने, बैगुनी, अपवित्र हुनेछन्। कसैको माया नगर्ने, निर्दयी र त्यसै चुक्ली लाउने, छाडा, डरलाग्दा, राम्रा कुरा मन नपराउने हुनेछन्। तिनीहरूले अर्कालाई धोखा दिएर, मनपरी गर्दै घमण्डले फुलेर हिंड्नेछन् अनि परमेश्वरको सट्टा मोज-मज्जा नै मन पराउँछन्। तिनीहरूले भक्तिको भेष त लिन्छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्ता मानिसहरूबाट पनि तिमी अलग्गै बस। तिमीहरूका बीचमा कति मानिसहरूले घर-घरमा गएर पापैपापले र पापकै इच्छा राख्ने स्वास्नी-मान्छेहरूलाई आफ्नो वशमा राख्नेछन्। ती स्वास्नी-मान्छेहरूले सिक्न त सधैँ नै सिकिरहन्छन् तर सत्य भने कहिले चिन्न सक्दैनन्। यान्नेस र याम्ब्रेसले जसरी मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको त बुद्धि नै बिग्रेको छ र विश्वासै हराएका छन्। तर तिनीहरूले सधैँ यसो गरिरहन सक्नेछैनन् किनभने यान्नेस र याम्ब्रेसको जस्तै नै तिनीहरूको मूर्खता सबैले नै थाहा पाउनेछन्।
२ तिमोथी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 3:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू