YouVersion लोगो
खोज आइकन

2 शमूएल 7:8-16

2 शमूएल 7:8-16 NCV

“यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्‍ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ महान् बनाउनेछु। अनि म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्; जसरी विगतमा तिनीहरूले गरेका थिए। मैले मेरा प्रजा इस्राएलमाथि शासकहरू नियुक्त गरेदेखि नै यसो गर्दैआएको थिएँ। म तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट पनि विश्राम दिनेछु। “ ‘याहवेहले तँलाई यो घोषणा गर्नुहुन्छ, याहवेह आफैँले तेरा निम्ति राजघराना स्थापित गर्नुहुनेछ: जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित विश्राम गर्नेछस्, तब म तँपछि तेरो वंशलाई खडा गर्नेछु, जो तेरो आफ्नै मासु र रगतबाट हुनेछ। म त्यसको राज्य स्थापित गर्नेछु। त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु। म त्यसको पिता हुनेछु, र त्योचाहिँ मेरो छोरा हुनेछ। यदि त्यसले भूल गर्‍यो भने म त्यसलाई मानिसहरूको लट्ठीले सजाय दिनेछु। अनि मानिसहरूद्वारा त्यसलाई कोर्राले ताडना दिनेछु। तर मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ, जसरी शाऊलबाट आफ्नो प्रेम हटाएको थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ। तेरो वंश र तेरो राज्य मेरो सामु सदाका लागि रहिरहनेछ; तेरो सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”

2 शमूएल 7 पढ्नुहोस्