YouVersion लोगो
खोज आइकन

२ शमूएल 7:8-16

२ शमूएल 7:8-16 NNRV

“यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्‍नबाट बोलाएँ। जहाँ-जहाँ तँ गइस्‌ म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ। अब पृथ्‍वीका प्रतिष्‍ठित व्‍यक्तिहरूका बीचमा म तेरो नाउँ महान्‌ बनाउनेछु। म मेरो प्रजा इस्राएलको निम्‍ति एउटा स्‍थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्‍नै एउटा वासस्‍थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्‍यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ, अनि मेरो प्रजा इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि यसो, तिनीहरूलाई दुष्‍ट मानिसहरूले अत्‍याचार गर्नेछैनन्‌। म तँलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु। “‘परमप्रभुले तेरो राजघराना स्‍थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्‍नुभएको छ। जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्‍ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्‍तानमध्‍येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्‍यसको राज्‍य स्‍थिर गराउनेछु। त्‍यसले नै मेरो नाउँको निम्‍ति एउटा भवन बनाउनेछ, र म त्‍यसको राजकीय सिंहासन सधैँको निम्‍ति स्‍थिर गर्नेछु। म त्‍यसका पिता हुनेछु, र त्‍यो मेरो छोरो हुनेछ। त्‍यसले अधर्म गर्‍यो भने, मानिसको लट्ठीले म त्‍यसलाई सजाय दिनेछु, र मानिसहरूद्वारा त्‍यसलाई कोर्राबाजीको प्रहार गर्नेछु। तर मैले मेरो प्रेम शाऊलबाट हटाएझैँ, जसलाई मैले तेरो बाटोदेखि पन्‍छाएँ, म मेरो प्रेम त्‍यसदेखि कहिल्‍यै हटाउनेछैनँ। तेरो घराना र तेरो राज्‍य मेरो सामुन्‍ने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्‍थिर हुनेछ’।”