“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो। तिमी जहाँ जहाँ गयौ म तिमीसितै थिएँ। मैले तिम्री शत्रुहरूलाई परास्त गरें। मैले तिमीलाई पृथ्वीमा एउटा महत्वपूर्ण व्यक्ति बनाएकोछु। म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नेछु। अब देखि तिनीहरू फिरन्ते जीवन जीउने छैनन्। शुरूमा मैले इस्राएली मानिसहरूको निम्ति न्यायकर्ता नियुक्त गरें। तर नराम्रा मानिसहरूले तिनीहरूलाई साह्रै सताए। अब यस्तो कुरा हुनेछैन। म यस्तो अवस्था सृजना गर्नेछु त्यहाँ केही दुःख तिमीहरूका शत्रुहरूबाट हुने छैन। “‘जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु। उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु। म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्। तर म उसलाई प्रेम गर्न छोडदिनँ। मेरो कृपा दृष्टि उ माथि रहन्छ। मेरो माया र दया शाऊलबाट हट्यौ। मैले तिमीलाई काखी च्याप्दा शाऊललाई टाढा बनाएँ। म तिम्रा परिवारलाई चाहि यसो गर्दिन। तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।’”
शमूएलको दोस्रो पुस्तक 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: शमूएलको दोस्रो पुस्तक 7:8-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू