YouVersion लोगो
खोज आइकन

2 शमूएल 23:1-7

2 शमूएल 23:1-7 NCV

दावीदका अन्तिम वचनहरू यिनै हुन्: “यिशैका छोरा दावीदका दिव्य वाणी, सर्वोच्‍चद्वारा उच्‍च पारिएका मानिसको वाणी, याकोबका परमेश्‍वरद्वारा अभिषेक गरिएका मानिस, इस्राएलका लोकप्रिय भजन-गायक: “याहवेहको आत्मा मद्वारा बोल्नुभयो; उहाँको वचन मेरो मुखमा थियो। इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो: जसले धार्मिकतामा मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्‍वरको श्रद्धामा मानिसहरूमाथि शासन गर्छ। त्यो व्यक्ति बिहानको सूर्योदयको बादलविनाको सुनौलो ज्योतिजस्तै हुन्छ, पानी परेपछिको उज्यालोजस्तै, जसले जमिनबाट घाँस उमार्छ। “यदि मेरो घरानाको परमेश्‍वरसँग सम्बन्ध ठिक नभएको भए निश्‍चय नै उहाँले मसँग हरेक कुरामा सुरक्षित र व्यवस्थित अनन्तको करार बाँध्नुहुनेथिएन; निश्‍चय नै उहाँले मेरो मुक्तिलाई फलवन्त बनाउनुहुनेथिएन, र मेरो हरेक इच्छा पूरा गर्नुहुनेथिएन। तर दुष्‍ट मानिसहरू सबै काँडाझैँ फालिनेछन्, जसलाई हातहरूले समात्न सकिँदैन। जसले काँडालाई छुन्छ, त्यसले फलामको औजार अथवा भालाको चुच्‍चोलाई प्रयोग गर्छ; काँडाहरू जहाँ थुपारिन्छ, त्यही ठाउँमा जलाइन्छ।”

2 शमूएल 23 पढ्नुहोस्