यिशैका छोरा दाऊद थिए, जसलाई परमेश्वरले महान् बनाउनुभएको थियो, जसलाई याकूबका परमेश्वरले राजा हुन अभिषेक गर्नुभयो र जसले इस्राएलीहरूका निम्ति राम्रा भजनहरू रच्ने गर्थे। दाऊदका अन्तिम वचनहरू यी हुन्: परमप्रभुको आत्मा मद्वारा बोल्नुहुन्छ; उहाँको सन्देश मेरा ओठमा छन्। इस्राएलका परमेश्वर बोल्नुभएको छ; इस्राएलका रक्षकले मलाई भन्नुभयो, “जसले न्यायसँग राज गर्दछ, र परमेश्वरको आज्ञाअनुसार शासन गर्दछ, त्यो बादलबिनाको बिहानीमा र हरियाली ल्याउने वर्षापछि चम्कने घामजस्तो हो।” त्यसरी परमेश्वरले मेरा सन्तानलाई आशीर्वाद दिनुहुनेछ किनभने उहाँले मसँग एउटा अनन्तको करार बाँध्नुभएको छ, एउटा कहिल्यै नतोडिने सम्झौता तयार पार्नुभएको छ र कहिल्यै नबदलिने प्रतिज्ञा दिनुभएको छ। त्यत्ति नै म चाहन्छु, त्यसैमा मेरो विजय छ र निश्चय नै परमेश्वरले त्यो पूरा गर्नुहुने छ। तर दुष्ट मानिसहरू फ्याँकिने काँडाजस्ता हुन्; कसैले तिनलाई नाङ्गो हातले छुन सक्दैन। फलामको हतियार वा भालाको प्रयोग गर्नुपर्छ; तिनीहरू आगोले सम्पूर्ण भष्म पारिन्छन्।
२ शमूएल 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 23:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू