दाऊदका आखिरी वचन यी नै हुन्: यिशैका छोरा दाऊदको वाणी यही हो, ती मानिसको वाणी, जसलाई परमेश्वरले उच्च पार्नुभयो, याकूबका परमेश्वरद्वारा अभिषिक्त राजा, र इस्राएलका भजनहरू गाउनेको वाणी: “परमप्रभुका आत्मा मद्वारा बोल्नुभयो, र उहाँको वचन मेरो मुखमा थियो। इस्राएलका परमेश्वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्नुभयो: ‘जसले न्यायसित मानिसहरूलाई शासन गर्छ, जसले परमेश्वरको भय राखीकन शासन गर्छ, त्यो सूर्योदय हुँदा बादलरहितका बिहानको ज्योतिजस्तै छ, त्योचाहिँ पानी परेपछि जमिनबाट घाँस उमार्ने उज्यालोजस्तै छ’। “के मेरो घराना परमेश्वरसँग ठीक छैन र? के उहाँले मसँग सबै भागमा सुरक्षित र व्यवस्थित भएको एउटा अनन्त करार बाँध्नुभएको छैन र? के उहाँले मेरो उद्धारलाई फलवन्त बनाउनुहुनेछैन र? अनि मेरो प्रत्येक इच्छा पूरा गर्नुहुनेछैन र? तर दुष्ट मानिसहरू सबैलाई काँढ़ाजस्तै गरी कतै फालिनुपर्छ, जसलाई हातले जम्मा पनि गरिँदैन। फलाम वा काठको हतियारले बाहेक काँढ़ालाई कसैले छुँदैन। काँढ़ाहरू जहाँ थुपारिन्छन् त्यहीँ जलाइन्छन्।”
२ शमूएल 23 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 23:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू