तर प्रभुको दिन चोरझैं आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ; तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्। यसरी सबै कुराहरू नाश भएर जाने हुनाले, तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ। जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्। तर हामी उहाँको प्रतिज्ञाअनुसार एउटा नयाँ स्वर्ग र एउटा नयाँ पृथ्वी पर्खंदैछौं, जो धार्मिकताको घर हो। त्यसकारण प्रिय मित्रहरूहो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर। अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्। उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैं आफ्नै विनाशको निम्ति यसलाई बङ्ग्याउँछन्। त्यसकारण प्रिय मित्रहरूहो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले, होसियार होओ; र नियम विहीनका मानिसहरूको गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्। तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ।
2 पत्रुस 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 पत्रुस 3:10-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू