YouVersion लोगो
खोज आइकन

2 पत्रुस 2

2
झूटा शिक्षकहरू विनाश
1तर जसरी त्यहाँ मानिसहरूका बीचमा झूटा अगमवक्‍ताहरू थिए, त्यसरी नै तिमीहरूमध्येमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले गुप्‍तमा झूटा शिक्षाहरू ल्याउनेछन्। तिनीहरूलाई किन्‍नुहुने सार्वभौम प्रभुलाई समेत इन्कार गर्दछन्; यसरी आफूमाथि चाँडै नाश ल्याउँछन्। 2धेरैले आ-आफ्ना भ्रष्‍ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्। 3त्यसरी नै आफ्नो लोभको कारण तिनीहरूले बनावटी कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्। तिनीहरूका दण्ड लामो समयदेखि तिनीहरूमाथि रहेको छ, र तिनीहरूका नाश निदाइरहेको छैन।
4किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो। 5यदि प्राचीन संसारलाई त उहाँले छोड्नुभएन, जब उहाँले अधर्मी मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो, तर धार्मिकताका प्रचारक नूह र अरू सातजनालाई बचाउनुभयो। 6उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो, र यसरी नै भक्‍तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्‍ने कुराहरूको उदाहरण बनाउनुभयो। 7अनि उहाँले धर्मी मानिस लोतलाई बचाउनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्‍ट जीवनदेखि व्याकुल भएका थिए। 8(किनकि ती धर्मी मानिस, तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।) 9यदि यसो हो भने, धर्मी मानिसहरूलाई सङ्कटबाट बचाउन र अधर्मीहरूलाई न्यायको दिनको लागि जोगाइराख्न प्रभुले जान्‍नुहुन्छ। यद्यपि तिनीहरूका दण्ड जारी राख्नुहुन्छ। 10यो विशेष तिनीहरूका सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्‍ट इच्छाहरूलाई पछ्याउँछन् र अधिकारलाई घृणा गर्दछन्।
ती मानिसहरू साहसी र हठी छन्; अनि स्वर्गीय प्राणीहरूको निन्दा गर्न तिनीहरू डराउँदैनन्। 11स्वर्गदूतहरूसमेत, तिनीहरू बलिया र धेरै शक्‍तिशाली भए तापनि प्रभुको उपस्थितिमा स्वर्गीय प्राणीहरूको विरुद्ध निन्दापूर्वक दोष लगाउँदैनन्। 12तर यी मानिसहरू आफूले नबुझ्ने कुराहरूमा पनि निन्दा गर्दछन्। तिनीहरू मुढे बल भएका पशुसमान छन्, स्वभाविक प्रवृत्तिहरूमा चल्ने प्राणीहरू, तिनीहरू समातेर मारिनलाई मात्र जन्मेकाहरूजस्ता छन्, र तिनीहरू पनि पशुहरूझैं नाश हुनेछन्।
13तिनीहरूले गरेका हानिको सट्टा तिनीहरूलाई पनि हानि गरिनेछ। तिनीहरूका लागि आनन्दको अर्थ दिउँसै भोग-विलास गर्नु हो। जब तिनीहरू तिमीहरूसित चाड मनाउँछन्, तब तिनीहरू आफ्नो आनन्दको मोजमज्जा लुट्ने कलङ्क र धब्बा हुन्। 14व्यभिचारपूर्ण आँखाले भरिएका, तिनीहरू कहिल्यै पाप गर्न छोड्दैनन्; तिनीहरू चञ्चल मनहरूलाई प्रलोभनमा फसाउँछन्; तिनीहरू लोभका विशेषज्ञ हुन्; श्रापित सन्तान हुन्! 15तिनीहरू सीधा बाटो छोडी बओरको#2:15 केही पा.लि.हरूमा बेजेर छोरो बालामको बाटो पछ्याउनलाई तर्केर गएका छन्, जसले दुष्‍टताको ज्यालालाई रुचाए; 16तर तिनको गलत कामको लागि त्यसले एउटा गधाबाट हप्की पायो; एउटा जनावर जसको बोली नै हुँदैन, जसले मानिसको सोरमा बोल्यो#2:16 हे. गन्ती 22:21-35 र अगमवक्‍ताको पागलपनलाई रोकिदियो।
17यी मानिसहरू पानी नभएका मुहान् र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ। 18किनकि तिनीहरूका मुखमा रित्ता, अहङ्कारपूर्ण शब्दहरू छन्, र पापमय स्वभावका कामुक इच्छालाई उक्साउँदै, भूलको जीवनबाट भर्खरै भाग्दै गरेका मानिसहरूलाई पनि फसाउँछन्। 19उनीहरू तिनीहरूलाई स्वतन्त्रताको प्रतिज्ञा गर्दछन्; यद्यपि तिनीहरू आफू दुष्‍टताका सेवकहरू हुन्; किनकि जुन कुराले मानिसलाई अधीनतामा राखेको हुन्छ, ऊ त्यसको सेवक हुन्छ। 20यदि तिनीहरूले हाम्रा प्रभु र मुक्‍तिदाता येशू ख्रीष्‍टलाई चिनेर संसारको भ्रष्‍टताबाट बाँचेका छन्, र फेरि उनीहरू त्यसमा अल्झिएका र त्यसबाट हारेका छन् भने, तिनीहरूका अवस्था सुरुका भन्दा अझ खराब हुन्छ। 21तिनीहरूका लागि धार्मिकताको बाटो जानेर पनि तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरूबाट पछि हट्नुभन्दा, बरु त्यस सम्बन्धमा ज्ञानै नहुनु उत्तम हुनेथियो। 22उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुरले आफ्नै बान्ता खान्छ,”#2:22 हितो 26:11 र, “नुहाइएको भुनी फेरि हिलैमा खेल्न जान्छे।”

अहिले सेलेक्ट गरिएको:

2 पत्रुस 2: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्