तिनीहरूका लागि धार्मिकताको बाटो जानेर पनि तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरूबाट पछि हट्नुभन्दा, बरु त्यस सम्बन्धमा ज्ञानै नहुनु उत्तम हुनेथियो। उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुरले आफ्नै बान्ता खान्छ,” र, “नुहाइएको भुनी फेरि हिलैमा खेल्न जान्छे।”