1
2 पत्रुस 1:3-4
नेपाली समकालीन संस्करण
उहाँको ईश्वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रा जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ। जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ, यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्वरीय स्वभावमा सहभागी बन, र दुष्ट इच्छाहरूले ल्याउने संसारको भ्रष्टचारदेखि भाग्नसक्छौ।
तुलना
अन्वेषण गर्नुहोस् 2 पत्रुस 1:3-4
2
2 पत्रुस 1:5-7
यसैको निम्ति नै आफ्नो विश्वासमा सद्गुण, र सद्गुणमा ज्ञान, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्नेह, र भातृ-स्नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर!
अन्वेषण गर्नुहोस् 2 पत्रुस 1:5-7
3
2 पत्रुस 1:8
किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने, हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनदेखि बचाउनेछन्।
अन्वेषण गर्नुहोस् 2 पत्रुस 1:8
4
2 पत्रुस 1:10
यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ
अन्वेषण गर्नुहोस् 2 पत्रुस 1:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू