यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदकले बेबिलोनका राजा भएको वर्षमा, यहोयाकीनलाई बाह्रौँ महिनाको सत्ताइसौँ दिनमा कैदबाट मुक्त गरिदिए। तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्लो दर्जाका सम्मानको आसन दिए। यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए। तिनी बाँचुन्जेल राजाले तिनलाई नियमित भत्ता दिए।
2 राजाहरू 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 राजाहरू 25:27-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू