YouVersion लोगो
खोज आइकन

राजाहरूको दोस्रो पुस्तक 25:27-30

राजाहरूको दोस्रो पुस्तक 25:27-30 NERV

पछि एबील-मरोदक बाबेलका राजा भए। उनले यहूदाका राजा यहोयाकीनलाई बन्दीगृहबाट मुक्त गरिदिए। यो घट्ना यहोयाकीन पक्राउ परेपछि, सत्ताईस दिन बाह्रा महीना सैंतीसौं बर्षमा भएको थियो। यो एबील-मरोदकको शासनको शुरूको बर्षमा भएको घट्ना हो। एबील-मरोदक यहोयाकीनप्रति दयालु थिए। उनले बाबेलमा उनीसँग बस्ने अरू राजाहरू भन्दा यहोयाकीनलाई धेरै महत्वपूर्ण पद दिए। एबील-मरोदकले यहोयाकीनलाई बन्दीको लुगा लगाउन बन्द गरे। अनि यहोयाकीनले जीवनको रहल समय प्रत्येक दिन एबील-मरोदकसँग एउटै मेजमा बसेर खाए। यस प्रकार राजा एबील-मरोदकले यहोयाकीनलाई रहल जीवनमा प्रत्येक दिन भोजन प्रदान गरे।