YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 9:1-8

2 कोरिन्थी 9:1-8 NCV

प्रभुका जनहरूका लागि यो आर्थिक सङ्कलनबारे मैले तिमीहरूलाई लेख्न खाँचो छैन। मलाई तिमीहरूको सह विश्‍वासीहरूलाई मदत गर्ने उत्सुकता थाहा छ, अनि बितेको वर्षदेखि तिमी अखैयामा हुनेहरूले दिन तयार थियौ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै नै काम गर्न तम्सेका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु। तर तिमीहरूबारे यस विषयमा हाम्रो गर्व खोक्रो नहोस्, तर तिमीहरू तयार रहनेछौ भनी मैले भनेझैं तिमीहरू तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु। किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा तिमीहरू तयार नरहेको भेट्टाए भने ता तिमीहरूको शर्मकोबारेमा केही भन्‍न नसकेर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी शर्ममा पर्नेछौं। यसकारण यी भाइहरूलाई तिमीहरूकहाँ अघिबाट नै पठाउने आग्रह गरेर तिमीहरूले प्रतिज्ञा गरेका उदारपूर्ण भेटीको प्रबन्ध गरिहाल भन्‍न मलाई आवश्यक लाग्यो। तब यो चित्त दुखाउँदै दिएको भेटीको रूपमा नभई उदारपूर्ण भेटीको रूपमा तयार होस्। यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, अनि प्रशस्ततासाथ छर्नेले प्रशस्तताको साथ कटनी गर्नेछ। प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, मन नगरी-नगरी अथवा करले होइन, किनकि खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ। अनि परमेश्‍वरले तिमीहरूलाई प्रशस्त मात्रामा आशिष दिनुहुन्छ, ताकि सबै कुरामा, सबै समय, तिमीहरूलाई चाहिएका सबै थोक पाएर तिमीहरू प्रत्येक असल काममा प्रशस्त होओ।

2 कोरिन्थी 9 पढ्नुहोस्