तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापमा डोर्याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन। ईश्वरीय दुःखले पश्चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्न गराउँछ। हेर, यो ईश्वरीय दुःखले तिमीहरूमा के उत्पन्न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।
2 कोरिन्थी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 कोरिन्थी 7:9-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू