२ कोरिन्थी 7:9-11
२ कोरिन्थी 7:9-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्सानी सहनुपरेन। किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ— आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् भन्ने कस्तो इच्छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।
२ कोरिन्थी 7:9-11 नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरू दुःखी भएकोमा होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्चात्तापमा डोर्याएकोमा अब म खुशी छु। किनकि तिमीहरू परमेश्वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन। ईश्वरीय दुःखले पश्चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु ल्याउँछ। हेर, यो ईश्वरीय दुःखले तिमीहरूमा के उत्पन्न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तृष्णा, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।
२ कोरिन्थी 7:9-11 पवित्र बाइबल (NERV)
अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं। परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ। तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।
२ कोरिन्थी 7:9-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूलाई कष्ट पर्यो भनेर होइन तर यसले तिमीहरूलाई सुधार्यो भनेर खुसी लागेको हो। परमेश्वरलाई सम्झेर शोक गर्यौ। त्यसो हुँदा हामीबाट तिमीहरूलाई कुनै हानि भएन। परमेश्वरलाई सम्झेर शोक गर्यौं भने यसले हामीमा पश्चात्ताप ल्याउँछ र हामीलाई मुक्तितिर लैजान्छ। तर सांसारिक रूपले मात्र हाम्रो मन दुख्छ भने यसले हामीलाई मृत्युतिर लैजान्छ। तिमीहरूलाई परेको दु:खबाट परमेश्वरले के गर्नुभयो, याद गर, यो दु:खले तिमीहरूलाई साँचो बनायो, कसुर छैन भनी देखाउन हतार गरायो, तिमीहरूलाई कस्तो झोक चलायो, कत्रो चिन्ता, कस्तो विचार, कस्तो भक्ति पैदा गर्यो। तिमीहरूमा पाप गर्नेलाई दण्ड दिने मन पनि भयो। यी सबैबाट तिमीहरूमा दोष छैन भन्ने कुरा थाहा हुन्छ।