YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 3:4-11

2 कोरिन्थी 3:4-11 NCV

परमेश्‍वरमा ख्रीष्‍टद्वारा हाम्रो यस्तो भरोसा छ। आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ। उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ। तर ढुङ्गाहरूमा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो र त्यो महिमासाथ आयो; अनि त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार हेर्न सकेनन्। यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने, के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र? मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय हुन्छ! तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन। किनकि यदि बितेर जाने महिमापूर्ण छ भने सधैँ रहिरहनेचाहिँ झन् बढ्ता महिमापूर्ण होला!

2 कोरिन्थी 3 पढ्नुहोस्