YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 3:4-11

२ कोरिन्थी 3:4-11 सरल नेपाली

ख्रीष्‍टको दयाले मुक्ति दिएकोले हामी परमेश्‍वरमा भरोसा राखेर यस्‍तो कुरा भन्‍छौं। यो काम गर्न सक्‍ने खुबी हामीमा छ भन्‍ने हाम्रो बाटै छैन। हामीले काम गर्ने शक्ति त परमेश्‍वरबाट नै मिलेको हो। उहाँले एउटा नयाँ करार जोड्‍नुभयो र हामीलाई यस करारमा काम गर्न लायकका सेवकहरू पनि बनाउनुभयो। योचाहिँ पवित्र आत्‍माको करार हो, व्यवस्थाले जोडेको करार होइन। व्यवस्थाले मृत्‍यु ल्‍याउँछ, तर पवित्र आत्‍माले त जीवन दिनुहुन्‍छ। ढुङ्गाको पाटीमा व्यवस्था खोपेर दिएको बेलामा परमेश्‍वरको ठूलो तेज देखा पर्‍यो। त्‍यही तेज मोशाको चेहरामा परेको थियो। पछि धेरै बढेर जाँदा इस्राएलका मानिसहरूले उनलाई सीधा हेर्न पनि सकेनन्। मृत्‍यु ल्‍याउने व्यवस्था पाउँदा त यस्‍तो चमक थियो भने पवित्र आत्‍माले ल्‍याउने सेवाको चमक झन् कति तेजिलो होला। मानिसलाई दोषी ठहराउने काम त त्‍यति धेरै चहकिलो थियो भने झन् मानिसलाई नै निर्दोष ठहराउने काम कति धेरै चहकिलो होला? यो ज्‍यादै उज्‍यालो चमकले गर्दा पहिलेको त्‍यो चमक त्‍यसै बिलाएर गयो। एक छिन रहनेमा त यस्‍तो चमक थियो भने झन् सधैँभरि रहिरहनेमा कति धेरै चमक रहला?

२ कोरिन्थी 3 पढ्नुहोस्