YouVersion लोगो
खोज आइकन

2 इतिहास 9:5-8

2 इतिहास 9:5-8 NCV

तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ। तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्‍चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ। तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्‍ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्! याहवेह तपाईंको परमेश्‍वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्‍वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्‍वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।”

2 इतिहास 9 पढ्नुहोस्