त्यसै बेला त्यो पलिश्ती आफ्नो हतियार बोक्नेलाई अगि लगाएर दावीदको नजिकतिर अगि बढ्यो। त्यसले दावीदलाई नियालेर हेर्यो। अनि राता-राता गाला र हेर्नमा सुन्दर ठिटो देखेर तिनलाई अपमान गर्न लाग्यो। त्यसले दावीदलाई भन्यो, “के म कुकुर हुँ, र मकहाँ लहुरो लिएर आउँछस्?” अनि त्यस पलिश्तीले दावीदलाई आफ्नो देवताहरूको नाममा सराप्न थाल्यो। त्यसले भन्यो, “यहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जङ्गली जनावरहरूलाई खान दिनेछु।” तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्। आजको दिन याहवेहले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। अनि म तँलाई लडाएर तेरो शिर काट्नेछु। आजको दिन म पलिश्ती सेनाहरूका लास आकाशका चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु। अनि सारा संसारले इस्राएलसँग परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्नेछन्। यहाँ भेला भएकाहरू सबैले थाहा पाउनेछन्, कि तरवार वा भालाद्वारा याहवेहले बचाउनुहुन्न। किनकि युद्ध याहवेहकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।”
1 शमूएल 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 शमूएल 17:41-47
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू