YouVersion लोगो
खोज आइकन

१ शमूएल 17:41-47

१ शमूएल 17:41-47 NNRV

आफ्‍ना हतियार बोक्‍नेलाई अगि लगाएर त्‍यो पलिश्‍ती दाऊद भएतिर बढ़्यो। त्‍यसले दाऊदलाई नियालेर हेर्‍यो, र राता-राता गाला भएका सुन्‍दर ठिटालाई देखेर तिनलाई घृणा गर्न लाग्‍यो। त्‍यसले दाऊदलाई भन्‍यो, “के म कुकुर हुँ, र लाठाहरू लिएर मसँग लड्‌न आउँछस्‌?” त्‍यसले आफ्‍ना देवताहरूका नाउँमा दाऊदलाई सराप्‍न लाग्‍यो। त्‍यसले भन्‍यो, “आइज, म तेरो मासु आकाशका चराहरू र जमिनका जनावरहरूलाई खान दिनेछु।” दाऊदले जवाफ दिए, “तँ त मसँग लड्‌न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्‌न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्‍वर, सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ, र म तँलाई मारेर तेरो टाउको काट्‌नेछु। आज पलिश्‍तीहरूका लाश आकाशका चरा र जमिनका जनावरहरूलाई खुवाउनेछु, र इस्राएलमा एउटा परमेश्‍वर हुनुहुँदोरहेछ भनी सारा संसारले थाहा पाउनेछ। यहाँ भेला भएका सबैले जान्‍नेछन्‌ कि परमप्रभुले न त तरवार न भालाद्वारा बचाउनुहुन्‍छ। किनभने लड़ाइँ परमप्रभुकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्‍पिदिनुहुनेछ।”