YouVersion लोगो
खोज आइकन

१ शमूएल 17:41-47

१ शमूएल 17:41-47 सरल नेपाली

आफ्‍नो ढाल बोक्‍ने मानिसलाई अघि लाएर त्‍यो पलिश्‍ती दाऊदतिर बढ्यो। त्‍यो नजिक-नजिक आयो र दाऊदलाई राम्ररी हेरेपछि घृणा र तिरस्‍कारले भरियो किनभने तिनी राता-राता गाला भएका र हेर्नमा सुन्‍दर ठिटा थिए। त्‍यसले दाऊदलाई भन्‍यो, “त्‍यो लौरो केलाई लिइस्? मलाई तैँले कुकुर हो भन्‍ठानिस् र?” त्‍यसले दाऊदलाई त्‍यसका देवी-देवताका नाममा सरापहरू दिन लाग्‍यो। “आइज,” त्‍यसले दाऊदलाई चुनौती दियो, “र म तेरो मासु पशु-पंक्षीहरूलाई खान दिनेछु।” दाऊदले उत्तर दिए, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आउँदै छस्; तर म तेरो विरुद्धमा सर्वशक्तिमान् परमप्रभु इस्राएली सेनाका परमेश्‍वरको नाममा आउँदै छु, जसलाई तैँले तुच्‍छ ठानेको छस्। आज नै परमप्रभुले तँलाई मेरो अधीनमा दिनुहुनेछ। म तँलाई जितेर तेरो टाउको ठुन्‍क्याउनेछु र पलिश्‍ती सिपाहीहरूका लाश पशु-पंक्षीहरूलाई खान दिनेछु। तब सारा संसारले थाहा पाउनेछ कि इस्राएलसित परमेश्‍वर हुनुहुन्‍छ र यहाँ भएका सबैले देख्‍नेछन् कि आफ्‍ना प्रजालाई बचाउन परमप्रभुलाई तरवार र भालाको जरुरत पर्दैन। उहाँ लडाइँमा विजयी हुनुहुन्‍छ र तिमीहरू सबैलाई हाम्रा अधिकारमा दिनुहुनेछ।”

१ शमूएल 17 पढ्नुहोस्