YouVersion लोगो
खोज आइकन

1 शमूएल 16:6-14

1 शमूएल 16:6-14 NCV

जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्‍चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।” तर याहवेहले शमूएललाई भन्‍नुभयो, “त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्‍न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।” तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्‍नुभएको छैन।” तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्‍नुभएको छैन।” यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्‍नुभएको छैन।” यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्‍नेछैनौँ।” यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। तब याहवेहले भन्‍नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।” यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए। अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो।

1 शमूएल 16 पढ्नुहोस्