YouVersion लोगो
खोज आइकन

1 शमूएल 15:17-26

1 शमूएल 15:17-26 NCV

शमूएलले भने, “यद्यपि एक समयमा तिमीले आफूलाई आफ्नै दृष्‍टिमा सानो ठानेका थियौ; तापनि के तिमी इस्राएलका कुलहरूका अगुवा भएनौ र? याहवेहले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो। अनि उहाँले तिमीलाई जिम्मेवारी दिएर पठाउनुहुँदा यसो भन्‍नुभयो, ‘जाऊ, र यी दुष्‍ट मानिसहरू, अर्थात् अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नू। तिनीहरूका नामनिशानै नमेटुन्जेल तिनीहरूसँग युद्ध गर्नू।’ तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्‍टिमा किन दुष्‍ट काम गर्‍यौ?” शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ। सेनाहरूले लुटका मालबाट भेडा र गाईबस्तु लिए। अनि त्यसबाट असलहरूचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति गिलगालमा बलिदानका निम्ति समर्पित गरिएका छन्।” तर शमूएलले जवाफ दिए: “के याहवेह होमबलि र बलिदानहरूमा भन्दा उहाँको वचन पालन गरेकोमा प्रसन्‍न हुनुहुन्‍न र? आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो, अनि उहाँको वचन मान्‍नु थुमाको बोसोभन्दा उत्तम हो। विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनुचाहिँ मूर्तिपूजाको दुष्‍टता जस्तै हो। तिमीले याहवेहको वचनलाई इन्कार गरेका छौ, यसकारण उहाँले तिमीलाई राजाको रूपमा इन्कार गर्नुभएको छ।” तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु। मैले याहवेहको आज्ञा र तपाईंका आदेशहरू उल्‍लङ्घन गरेको छु। म मानिसहरूसँग डराएँ। त्यसैले मैले तिनीहरूले गर्न मन लागेको कुरा गर्न दिएँ। अब म तपाईंसँग बिन्ती गर्छु, मेरो पाप क्षमा गरेर मसँग फर्कनुहोस्, ताकि म याहवेहको आराधना गर्न सकूँ!” तर शमूएलले तिनलाई भने, “म तिमीसँग फर्केर जानेछैनँ। तिमीले याहवेहको वचनलाई तिरस्कार गरेका छौ, र याहवेहले तिमीलाई इस्राएलको राजाको रूपमा इन्कार गर्नुभएको छ!”

1 शमूएल 15 पढ्नुहोस्