“मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो। तर याहवेहले मेरा पिता दावीदलाई भन्नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्। तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत—तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’ “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्वरको नामका निम्ति यो मन्दिर बनाएको छु। मैले सन्दुकको निम्ति त्यहाँ एउटा ठाउँ राखेको छु, जसमा याहवेहले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा तिनीहरूसित बाँध्नुभएको करार छ।” तब सोलोमन सम्पूर्ण इस्राएली समुदायको अगि याहवेहको वेदीको सामु उभिए, र आफ्ना हातहरू स्वर्गतिर फैलाए, अनि तिनले भने: “हे याहवेह, इस्राएलका परमेश्वर, माथि स्वर्गमा अनि तल पृथ्वीमा तपाईंजस्तै अरू कुनै ईश्वर छैन। तपाईं, जसले तपाईंको मार्गमा सम्पूर्ण हृदयले चल्ने आफ्ना सेवकहरूसँग बाँध्नुभएको करार सदा कायम राख्नुहुन्छ। तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।
1राजाहरू 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 8:17-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू