१ राजाहरू 8:17-24
१ राजाहरू 8:17-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभुका नाउँको निम्ति, इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर निर्माण गर्ने इच्छा मेरा पिता दाऊदको हृदयमा थियो। तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नुभयो, ‘मेरो नाउँको निम्ति एउटा मन्दिर निर्माण गर्ने तेरो हृदयको यो अभिप्राय असलै छ। तापनि तैंले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो छोराले, जो तेरो आफ्नै मासु र रगतको हो, त्यसले नै त्यो मेरो नाउँको निम्ति बनाउनेछ’। “परमप्रभुले गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा पिता दाऊदको म उत्तराधिकारी भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँको सट्टामा इस्राएलको सिंहासनमा म बसेको छु, र परमप्रभुका नाउँको निम्ति, इस्राएलका परमेश्वरको निम्ति मैले यो मन्दिर निर्माण गरेको छु। मैले त्यहाँ परमप्रभुका करारको सन्दूकको लागि एउटा ठाउँ अलग्गै राखेको छु, जुन करार हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुँदा उहाँले तिनीहरूसँग बाँध्नुभएको थियो।” तब जम्मै इस्राएलका समुदायको सामुन्ने परमप्रभुका वेदीको अगि उभिएर सोलोमनले आफ्ना हात स्वर्गतिर उचाले, र भने: “हे परमप्रभु, इस्राएलका परमेश्वर, माथि स्वर्गमा र तल पृथ्वीमा तपाईंजस्तै अरू कुनै ईश्वर छैन— तपाईं, जसले आफ्नो प्रेमको करार आफ्ना ती दासहरूसँग बाँध्नुहुन्छ, जो तपाईंको मार्गमा सम्पूर्ण हृदयले निरन्तर लागिरहन्छन्। तपाईंले आफ्ना दास मेरा पिता दाऊदसँग गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। आफ्नै मुखले तपाईंले प्रतिज्ञा गर्नुभएको हो र आफ्नै हातले त्यो पूरा गर्नुभएको हो, जस्तो आज हुन आएको छ।

१ राजाहरू 8:17-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो। तर याहवेहले मेरा पिता दावीदलाई भन्नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्। तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत—तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’ “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्वरको नामका निम्ति यो मन्दिर बनाएको छु। मैले सन्दुकको निम्ति त्यहाँ एउटा ठाउँ राखेको छु, जसमा याहवेहले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा तिनीहरूसित बाँध्नुभएको करार छ।” तब सोलोमन सम्पूर्ण इस्राएली समुदायको अगि याहवेहको वेदीको सामु उभिए, र आफ्ना हातहरू स्वर्गतिर फैलाए, अनि तिनले भने: “हे याहवेह, इस्राएलका परमेश्वर, माथि स्वर्गमा अनि तल पृथ्वीमा तपाईंजस्तै अरू कुनै ईश्वर छैन। तपाईं, जसले तपाईंको मार्गमा सम्पूर्ण हृदयले चल्ने आफ्ना सेवकहरूसँग बाँध्नुभएको करार सदा कायम राख्नुहुन्छ। तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।
१ राजाहरू 8:17-24 पवित्र बाइबल (NERV)
“मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन साह्रै नै चाहेका थिए। तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन साह्रै नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ। तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’ “यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छु। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें। मैंले मन्दिरमा पवित्र सन्दूकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दूकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।” तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिंजाए अनि अकाशतिर हेरेर। उनले भनेः “परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरू कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुशरण गर्ने मानिसहरूका लागि दयालु अनि साँचो हुनुहुन्छ। तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो।
१ राजाहरू 8:17-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सोलोमनले भन्दैगए, “परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्न मेरा बुबा दाऊदले एउटा मन्दिर बनाउने इच्छा गर्नुभएको थियो। तर परमप्रभुले उनलाई ‘मेरो निम्ति मन्दिर बनाउने इच्छा गरेर तैँले ठीकै गरिस्, तर तैँले त्यो बनाउन पाउनेछैनस्। तेरै छोराले मेरो मन्दिर बनाउनेछ’ भन्नुभयो।’ “अहिले परमप्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा पितापछि म इस्राएलका राजा भएँ र परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्न एउटा मन्दिर पनि बनाएको छु। हाम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याउँदा करार बाँध्दै परमप्रभुले दिनुभएका पत्थरका पाटीहरू राखेका करारको सन्दुक राख्न मैले मन्दिरमा पनि अलग्गै एउटा ठाउँ छुट्ट्याएर राखेको छु।” तब मानिसहरूका सामुन्नेमा सोलोमन गएर वेदीका अघि खडा भए र आफ्ना हात उचालेर प्रार्थना गरे, “परमप्रभु, इस्राएलका परमेश्वर! माथि स्वर्ग र मुनि पृथ्वीमा तपाईंजस्तो परमेश्वर अरू कोही छैनन्। तपाईंले आफ्ना प्रजासित आफ्नो करार पूरा गर्नुहुन्छ र तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले तपाईंको आज्ञापालन गरेर जीवन बिताए भने तिनीहरूलाई आफ्नो प्रेम देखाउनुहुन्छ। मेरा पिता दाऊदसित गर्नुभएको प्रतिज्ञा तपाईंले पूरा गर्नुभएको छ, आज त्यो एक-एक गरी पूरा भयो।