परमेश्वरले सोलोमनलाई बुद्धि र अति महान् अन्तर्दृष्टि अनि समुद्रको किनारमा भएको बालुवासरह नाप्न नसकिने समझशक्ति दिनुभयो। सोलोमनको बुद्धि पूर्वका सारा मानिसहरू र इजिप्टका सम्पूर्ण जनहरूको बुद्धिभन्दा महान् थियो। तिनी एज्री एतान र माहोलका छोराहरू हेमान, कलकोल, दर्दा र सबै मानिसहरूभन्दा बढी बुद्धिमान् थिए। तिनको ख्याति चारैतिरका राष्ट्रहरूमा फिँजियो। तिनले तीन हजार हितोपदेशहरू बोले, र तिनले एक हजार पाँच वटा गीतहरू लेखे। तिनले लेबनानका देवदारुदेखि लिएर पर्खालबाहिर उम्रने हिसपसम्मका सबै वृक्षहरूको बारेमा वर्णन गरे। तिनले पशुहरू, चराहरू, घस्रने जन्तु र माछाहरूको विषयमा पनि बताए। सोलोमनको बुद्धिका कुरा सुन्न भनेर हरेक देशका राजाहरूले आफ्ना राजदूतहरूलाई पठाउँथे।
1राजाहरू 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 4:29-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू