YouVersion लोगो
खोज आइकन

१ राजा 4:29-34

१ राजा 4:29-34 सरल नेपाली

परमेश्‍वरले सोलोमनलाई असाधारण बुद्धि, अन्‍तर्दृष्‍टि र नाप्‍न नसकिने ज्ञान दिनुभएको थियो। पूर्वका अथवा मिश्रका सबै बुद्धिमान् मानिसहरूभन्दा सोलोमन बढी बुद्धिमान् थिए। उनी सबैभन्दा बुद्धिमान् थिए। एतान एज्री, माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा पनि उनी बुद्धिमान् थिए र उनको नाम छिमेकीका सबै देशहरूमा फैलिएको थियो। उनले तीन हजार हितोपदेशहरू र एक हजार र पाँच गीतहरू रचे। उनले रूख-पौधा, लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसप भनिने विशेष एउटा झार, पशु-पंक्षी, घस्री हिंड्‍ने जन्‍तु र माछाहरूका बारेमा बताए। सारा संसारका राजाहरूले उनको बुद्धिबारे सुने र उनका बुद्धिका कुरा सुन्‍नलाई देश-देशबाट मानिसहरू पठाउँथे।

१ राजा 4 पढ्नुहोस्