तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए। तब अचानक एक जना स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।” तिनले चारैतिर हेरे, र आफ्नो सिरान छेउमा ताता कोइलाहरूमा पकाइएका केही रोटी र एउटा पानीको सुराही देखे। तिनले त्यो खानपिन गरेर फेरि ढल्के। याहवेहका दूत दोस्रो पल्ट आएर तिनलाई छोएर भने, “उठेर खाऊ, नत्रता तिमीलाई यात्रा गर्न कठिन हुन्छ।” यसकारण तिनी उठे, र तिनले खानपिन गरे। त्यस भोजनबाट शक्ति पाएर तिनी परमेश्वरको पर्वत होरेबसम्मै चालीस दिन र चालीस रात हिँडेर गए।
1राजाहरू 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1राजाहरू 19:5-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू