तब तिनी त्यही झाड़ीमुनि ढल्के र भुसुक्कै निदाए। तब झट्टै एउटा स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।” तिनले यताउता हेरे, र आफ्नो टाउकोनेर ताता भुङ्ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्के। परमप्रभुका स्वर्गदूत फेरि आएर दोस्रो पल्ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।” यसैले तिनी उठेर खानपान गरे। त्यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्वरको पर्वत होरेबमा पुगे।
१ राजाहरू 19 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 19:5-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू