प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्। परमेश्वरको आत्मालाई तिमीहरू यसरी चिन्न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्वरबाटको हो। तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्वरबाटको होइन। अनि यही नै ख्रीष्ट विरोधीको आत्मा हो, जो आउँछ भन्ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ। हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्टिकोणद्वारा बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। हामी परमेश्वरका हौँ, र जसले परमेश्वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौँ। प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो, र त्यसले परमेश्वरलाई जान्दछ। जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिनेको हुँदैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो। पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।
1 यूहन्ना 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 यूहन्ना 4:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू