१ यूहन्ना 4:1-10
१ यूहन्ना 4:1-10 पवित्र बाइबल (NERV)
मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्। परमेश्वरको आत्मा तिमीहरू कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरूले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो ऊ परमेश्वरबाट हो।” अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरूले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ। मेरा प्रिय बालकहरू, तिमीहरू परमेश्वरका हौ। यसर्थ तिमीहरूले झूटो शिक्षकहरूलाई परास्त गरेका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ। अनि ती झूटो शिक्षकहरू संसारका हुन्। यसैले तिनीहरूको शिक्षा पनि संसारकै हो। अनि तिनीहरू जे भन्छन् संसारले सुन्छ। तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं। प्रिय मित्रहरू, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ। मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं। सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरू मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।
१ यूहन्ना 4:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्यारा भाइहरू, आफूसँग पवित्र आत्मा हुनुहुन्छ भन्ने जति सबैलाई विश्वास नगर, तर तिनीहरूसँग परमेश्वरको आत्मा हो कि होइन, जाँचेर हेर किनभने धेरै झूटा अगमवक्ताहरू पनि जताततै गएका छन्। येशू ख्रीष्ट मानिस हुनुभयो भन्ने आत्मा नै परमेश्वरका आत्मा हुनुहुन्छ। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्नेछौ। येशूलाई यसरी मानिस हुनुभयो भनी नमान्ने आत्माचाहिँ परमेश्वरको आत्मा होइन। यो आत्माचाहिँ ख्रीष्ट-विरोधीबाट आएको हो। त्यो आउँछ भनेर तिमीहरूले सुनेका छौ र त्यो अहिले नै संसारमा आइसकेको छ। मेरा बालक हो, तिमीहरू परमेश्वरका हौ र तिमीहरूले झूटा अगमवक्ताहरूलाई जितेका छौ किनभने तिमीहरूमा हुनुहुने पवित्र आत्माचाहिँ संसारमा हुनेहरूमा भएको आत्माभन्दा शक्तिशाली हुनुहुन्छ। उनीहरू संसारका हुनाले संसारकै कुरा गर्छन् र उनीहरूले भनेका कुरा संसारकै मानिसहरूले सुन्छन्। तर हामी त परमेश्वरका हौं र जसले परमेश्वरलाई चिनेको छ, उसले हाम्रो कुरा सुन्छ। जो परमेश्वरको मानिस होइन, उसले हाम्रो कुरा सुन्दैन। यसरी नै हामीले साँचो आत्मा र झूट आत्मा छुट्ट्याउन सक्छौं। प्रिय मित्रहरू, हामीले एक-अर्कालाई प्रेम गरौं किनभने प्रेम परमेश्वरबाट आएको हो। प्रेम गर्ने परमेश्वरकै बालक हो र उसले परमेश्वरलाई चिन्दछ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले हामीलाई यसरी प्रेम देखाउनुभयो कि उहाँका पुत्रबाट हामीले जीवन पाऔं भनेर उहाँले आफ्नो एक मात्र पुत्रलाई संसारमा पठाउनुभयो। हामीले परमेश्वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको लागि बलिदान हुन आफ्नो पुत्रलाई पठाउनुभयो। प्रेम भनेको यही नै हो।
१ यूहन्ना 4:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्। परमेश्वरको आत्मालाई तिमीहरू यसरी चिन्न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्वरबाटको हो। तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्वरबाटको होइन। अनि यही नै ख्रीष्ट विरोधीको आत्मा हो, जो आउँछ भन्ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ। हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्टिकोणद्वारा बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। हामी परमेश्वरका हौँ, र जसले परमेश्वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौँ। प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो, र त्यसले परमेश्वरलाई जान्दछ। जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिनेको हुँदैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो। पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।
१ यूहन्ना 4:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा “त्यो आउँछ” भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ। मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। हामी त परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं। प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो।