दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्वरको राज्यको हकदार हुन सक्दैन, न ता विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ। सुन, म तिमीहरूलाई एउटा रहस्य भन्छु: हामी सबैजना सुतिजानेछैनौं, तर हामी सबै परिवर्तन हुनेछौं; एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौं। किनकि विनाशीले अविनाशी रूप धारणा गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्यु विजयमा निलिएको छ।” “ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?” मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो। तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैं जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
1 कोरिन्थी 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 15:50-58
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू