अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ। हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।” “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?” मृत्युको खील पाप हो, र पापको शक्ति व्यवस्था हो। तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्दैजाओ। किनकि तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।
१ कोरिन्थी 15 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 15:50-58
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू