YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 14:13-19

1 कोरिन्थी 14:13-19 NCV

यही कारणले अज्ञात भाषामा बोल्ने व्यक्‍तिले आफूले बोलेका कुराहरू अनुवाद गर्न सकूँ भनी प्रार्थना गर्नुपर्छ। किनकि यदि मैले अज्ञात भाषामा प्रार्थना गरें भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग निष्फल हुन्छ। यसकारण म के गरूँ? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म आफ्नो दिमागले पनि प्रार्थना गर्नेछु, म मेरो आत्माले गीत गाउनेछु, तर म मेरो दिमागले पनि गीत गाउनेछु। यदि तिमीहरूले आत्मामा मात्र परमेश्‍वरको प्रशंसा गरिरहेका हुन्छौ भने, तिमीहरूका बीचमा उपस्थित जिज्ञासुहरूले तिमीहरूले चढाएका धन्यवादको प्रार्थनामा कसरी “आमेन” भन्‍ने? जब कि तिमीहरूले के भनिरहेका छौ, सो तिनीहरूले बुझेकै हुँदैनन्। तिमीहरूको धन्यवादको प्रार्थना एकदमै राम्रो होला, तर त्यसले अर्को कुनै पनि व्यक्‍तिको आत्मिक वृद्धि हुँदैन। म परमेश्‍वरलाई धन्यवाद दिन्छु, कि तिमीहरू सबैभन्दा बढी म अज्ञात भाषाहरूमा बोल्दछु। तापनि मण्डलीमा अज्ञात भाषामा दश हजार शब्दहरू बोल्नुभन्दा बरु म आफ्नो दिमागले पाँच शब्दहरू अरूलाई सिकाउनका लागि बोल्न रुचाउँछु।

1 कोरिन्थी 14 पढ्नुहोस्