१ कोरिन्थी 14:13-19
१ कोरिन्थी 14:13-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्। किनभने मैले अन्य भाषामा प्रार्थना गर्दा मेरो आत्माले प्रार्थना गर्दछ, तर मेरो दिमागचाहिँ निष्फल हुन्छ। अब मैले के गर्ने त? म आत्माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्माले स्तुति गर्नेछु, र म दिमागले पनि स्तुति गर्नेछु। नत्रता तिमीले आत्मामा परमेश्वरको प्रशंसा गर्दा बुझ्न नसक्ने बाहिरको मानिसले तिम्रो धन्यवादको प्रार्थनापछि “आमेन” कसरी भन्ने? जब कि तिमीले के भनेको सो उसले बुझ्दैन। तिमी त राम्ररी धन्यवाद दिन्छौ होला, तर त्यसले त्यो अर्को मानिसको केही आत्मिक वृद्धि गर्दैन। म परमेश्वरलाई धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरू सबैभन्दा बढ़ी म अन्य भाषामा बोल्दछु। तापनि मण्डलीमा अन्य भाषामा दश हजार शब्द बोल्नुभन्दा त बरु आफ्नै दिमागले पाँच वटा शब्द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु।
१ कोरिन्थी 14:13-19 नेपाली समकालीन संस्करण (NCV)
यही कारणले अज्ञात भाषामा बोल्ने व्यक्तिले आफूले बोलेका कुराहरू अनुवाद गर्न सकूँ भनी प्रार्थना गर्नुपर्छ। किनकि यदि मैले अज्ञात भाषामा प्रार्थना गरें भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग निष्फल हुन्छ। यसकारण म के गरूँ? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म आफ्नो दिमागले पनि प्रार्थना गर्नेछु, म मेरो आत्माले गीत गाउनेछु, तर म मेरो दिमागले पनि गीत गाउनेछु। यदि तिमीहरूले आत्मामा मात्र परमेश्वरको प्रशंसा गरिरहेका हुन्छौ भने, तिमीहरूका बीचमा उपस्थित जिज्ञासुहरूले तिमीहरूले चढाएका धन्यवादको प्रार्थनामा कसरी “आमेन” भन्ने? जब कि तिमीहरूले के भनिरहेका छौ, सो तिनीहरूले बुझेकै हुँदैनन्। तिमीहरूको धन्यवादको प्रार्थना एकदमै राम्रो होला, तर त्यसले अर्को कुनै पनि व्यक्तिको आत्मिक वृद्धि हुँदैन। म परमेश्वरलाई धन्यवाद दिन्छु, कि तिमीहरू सबैभन्दा बढी म अज्ञात भाषाहरूमा बोल्दछु। तापनि मण्डलीमा अज्ञात भाषामा दश हजार शब्दहरू बोल्नुभन्दा बरु म आफ्नो दिमागले पाँच शब्दहरू अरूलाई सिकाउनका लागि बोल्न रुचाउँछु।
१ कोरिन्थी 14:13-19 पवित्र बाइबल (NERV)
यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्। यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन। तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नेछु र मेरो मनले पनि प्रार्थना गर्नेछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ। तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन। परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन। म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु। तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।
१ कोरिन्थी 14:13-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसकारण अन्य भाषा बोल्नेले बुझ्ने भाषामा अर्थ खोल्ने वरदानका लागि प्रार्थना गरोस्। यदि म अन्य भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो मनले यसमा भाग लिंदैन। त्यसो भए के गर्ने? म आत्मामा प्रार्थना गर्छु र म मनमा पनि प्रार्थना गर्छु। म आत्मामा गाउँछु र म मनमा पनि गाउँछु किनभने तिमीहरू आत्माले धन्यवाद चढाउँछौ तर अरू मानिसहरूले बुझ्दैनन्। त्यस बेला कसरी अरू मानिसले ‘आमेन’ भन्ने? तिम्रो धन्यवादको प्रार्थना असाध्यै राम्रो भए तापनि यसले अरू मानिसलाई फाइदा दिंदैन। परमेश्वरलाई धन्यवाद होस्, म अन्य भाषामा तिमीहरूभन्दा धेरै बोल्दछु। तर मण्डलीको सभामा अन्यभाषामा हजारौं शब्द बोल्नुभन्दा म पाँचै शब्द भए पनि शिक्षा दिन बुझ्ने भाषामा बोल्न चाहन्छु।